बागलुङ बसपार्क सञ्चालनमा आएपछि चहलपहल बढ्दो, स्थानीय उत्साहित

Published on

काठमाडौं, कात्तिक १ – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ। सन् २०१९ सेप्टेम्बर १० (वि.सं. २०७६ भदौ २४) मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाले यस अवधिमा इन्धन आपूर्तिको स्वरूप नै परिवर्तन गरेको छ। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय मल्टिप्रडक्ट पाइपलाइनबाट नेपालले अहिले सम्म ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ आयात गरिसकेको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जले जनाएको छ।

पाइपलाइनमार्फत हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल नेपाल भित्रिएको छ। सुरूमा केवल डिजेलको आयात हुने व्यवस्था रहेको पाइपलाइनबाट २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ देखि मट्टितेल पनि आपूर्ति गरिन थालेको हो। कुल ६९.२ किलोमिटर लम्बाइको यो पाइपलाइनमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर दूरीमा फैलिएको छ।

मधेस प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यका अनुसार, पाइपलाइनमार्फत दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने क्षमता भए पनि हालसम्म त्यति धेरै माग नपुगेकाले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छैन। तर, अहिले देशभर खपत हुने पेट्रोलियम पदार्थमध्ये करिब ७० प्रतिशत माग यतिबाट पूर्ति हुँदै आएको छ। अमलेखगञ्ज डिपोबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरलगायतका डिपोहरूमा इन्धन आपूर्ति हुँदै आएको छ।

पाइपलाइन सञ्चालनले इन्धन ढुवानीमा पारदर्शिता मात्र होइन, सडक यातायातमा पर्ने बोझ कम गर्नुका साथै दुर्घटना, चोरी र मिसावटसम्बन्धी समस्या हटाएको छ। पूर्वाधार प्रमुख आचार्यका अनुसार, पाइपलाइनको प्रयोगले वार्षिक झण्डै तीन अर्ब रुपैयाँ ढुवानी खर्च बचत भइरहेको छ। यसले इन्धनको उपभोक्ता मूल्यमा पनि प्रत्यक्ष असर पारेको छ।

अमलेखगञ्ज डिपो देशकै सबैभन्दा ठूलो र अत्याधुनिक पेट्रोलियम भण्डारण केन्द्रका रूपमा स्थापित भएको छ। अहिले त्यहाँ १५,११० किलोलिटर पेट्रोल, २४,८१० किलोलिटर डिजेल र २,२७० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता छ। नयाँ भण्डारण ट्याङ्की थपिँदा कुल ९४ हजार किलोलिटर इन्धन भण्डारण क्षमता पुगेको छ। अग्नि नियन्त्रण प्रणाली, ट्रान्समिक्स ट्याङ्क, डिजिटल अटोमेसनजस्ता प्रविधिको प्रयोगले डिपोलाई अझ सक्षम बनाइएको छ।

पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य गत साउन १६ गतेदेखि सुरु भइसकेको छ। यो ६२ किलोमिटर लामो पाइपलाइन १०.७५ इञ्च व्यासको हुनेछ र यसले पूर्वपश्चिम राजमार्गको समानान्तर रूपमा इन्धन आपूर्ति गर्नेछ। राप्ती नगरपालिका–१ लोथरमा निर्माण हुने अत्याधुनिक ग्रीन फिल्ड टर्मिनलमा ९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण गर्न सकिने व्यवस्था मिलाइनेछ।

लोथर टर्मिनलमा पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका ३ वटा, डिजेलका लागि १५ हजार ५ सय किलोलिटर क्षमताका ३ वटा, मट्टितेलका लागि ८ सय किलोलिटरका २ वटा र हवाई इन्धनका लागि ३ हजार ६ सय किलोलिटर क्षमताका ३ वटा भण्डारण ट्याङ्की निर्माण गरिनेछ। साथै, पाइपलाइन स्टेशन, ट्रान्समिक्स ट्याङ्क र अन्य सहायक संरचनासमेत बनाइनेछ। निगमका अनुसार, यस परियोजनाको कुल लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ हुनेछ।

यसैगरी, भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म अर्को पाइपलाइन विस्तार योजनालाई पनि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाएको छ। यी विस्तार परियोजनाहरू पूरा भएपछिको दशकमा नेपालमा इन्धन आपूर्ति प्रणाली स्वचालित, सुरक्षित र दिगो हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...