मुग्लिङ–नारायणगढ सडकखण्डमा सात सवारी ठोक्किँदा राजमार्ग अवरुद्ध, २१ घाइते

Published on

काठमाडौं, कात्तिक १ – चितवनको गाईघाटमा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रुबाहक बस र ट्रकसहित सात सवारी एकआपसमा ठोक्किँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान ७ः१५ बजे तिर भएको यो दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्।

प्रारम्भमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक (ना ८ ख ६६२९) र विपरीत दिशाबाट आउँदै गरेको यात्रुबाहक बस (बा ४ ख ७४२०) ठोक्किएका थिए। त्यसको केही क्षणमै बसको पछाडि रहेका अन्य पाँच सवारीहरू—ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको इभी माइक्रोबस, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार समेत एकापसमा ठोक्किएर साङ्लो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २१ जना यात्रुमध्ये १३ जना नेशनल सिटी अस्पताल, चार जना नयाँ मेडिकल कलेज भरतपुर र अन्य चार जना जनता केयर अस्पतालमा उपचाररत छन्। हालसम्म गम्भीर मानवीय क्षति नभएको प्रहरीको प्रारम्भिक जानकारी छ।

यो दुर्घटनाका कारण मुग्लिङ–नारायणगढ सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले यात्रु तथा सवारीसाधनलाई ठूलो असर पारेको छ। दुर्घटनाको कारण पत्ता लगाउन र सवारी सञ्चालन पुनः सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


यदि तपाईंलाई यो समाचारको संक्षिप्त संस्करण या

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...