मैवाखोला पहिरो पीडितको स्थायी पुनर्बासको प्रक्रिया अगाडि बढ्यो

Published on

काठमाडौं । मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरूको स्थायी पुनर्बासका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पुनःस्थापनाको प्रक्रिया स्वीकृत गरेसँगै यो बाटो खुलेको हो।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार अब चाँडै जग्गा खरिद, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्यसँगै आवास निर्माण प्रक्रिया अगाडि बढाइनेछ। उहाँले पुनर्बासको प्रक्रिया सुरु हुनु सकारात्मक भए पनि यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न केही समय लाग्ने भएकाले स्थानीयवासीलाई धैर्य गर्न अनुरोध गर्नुभयो।

पीडितहरूको स्थायी पुनःस्थापना प्रक्रिया अघि बढाउन भूगर्भविद्सहितको विज्ञ टोलीबाट स्थलगत अध्ययनसमेत गरिसकिएको र सो अध्ययनको आधारमा निर्णय लिइएको हो।

बैठकले मैवाखोला–३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ विस्थापित परिवारलाई सोही गाउँपालिका–३ को साँघु क्षेत्रमा पुनःस्थापित गर्ने निर्णय गरेको छ।

वि.सं. २०८० साल असार ३ गते राति आएको भीषण वर्षासँगैको पहिरोले ती ६५ परिवार विस्थापित भएका थिए। हाल ती परिवारलाई साँघुस्थित निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी आवासमा राखिएको छ।

अध्यक्ष वनेमका अनुसार यो पुनर्बास परियोजना मेवाखोलाको नमुना परियोजनाका रूपमा अघि बढाइनेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...