मकवानपुरमा करेन्ट लाग्दा दुई जना घाइते

Published on

काठमाडौं कात्तिक १ – मकवानपुर जिल्लाको बकैया गाउँपालिका र हेटौँडामा शुक्रबार छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जना घाइते भएका छन्।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोटमा करेन्ट लागेर २१ वर्षीय आयुष लामा घाइते भएका हुन्। काभ्रे महाभारत गाउँपालिकाका लामा ट्रकको छतमा बसेका अवस्थामा करेन्ट लागेको प्रहरीले जनाएको छ।

बा.प्र.०३–००१ ख २१६७ नम्बरको ट्रक बेलबोटबाट काठ लोड गरी हेटौँडातर्फ आउँदै थियो। घरघरमा तानिएको ११ हजार भोल्टको विद्युत् लाइन पन्छाउँदै अगाडि बढ्ने क्रममा अचानक तार छोइँदा लामा करेन्ट लागेर ट्रकबाट खसेका हुन्।

उनी हाल मकवानपुर सहकारी अस्पतालमा उपचाररत छन्। दुबै खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। घटनापछि ट्रक र चालक ४० वर्षीय रमेशप्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, अर्को घटना हेटौँडा उपमहानगरपालिका–१० कर्रा चोकमा भएको हो। २५ वर्षीय विमल बम्जन करेन्ट लागेर घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका–१६ उत्तरपानी निवासी बम्जन पान पसल नजिकको तारमा छुँदा करेन्ट लागेको हो।

बम्जनलाई सुरुमा हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो भने अहिले थप उपचारका लागि मोडेल अस्पतालमा रिफर गरिएको छ।

दुबै घटनाको थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...