गुल्मीको तुराङ प्राविधिक शिक्षालयका विद्यार्थी तिहारमा फूल बिक्रीमा व्यस्त

Published on

काठमाडौं कात्तिक १ – गुल्मीको चन्द्रकोट गाउँपालिका–८, मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थी तिहार नजिकिँदै जाँदा फूल बिक्रीमा व्यस्त भएका छन्।

शिक्षालयले सञ्चालन गरेको ‘पढ, सिक, कमाउ र तिर’ अभियान अन्तर्गत तीन वर्षीय डिप्लोमा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूले करिब तीन हजारभन्दा बढी सयपत्री फूल उत्पादन गरेका हुन्। शिक्षालय परिसरमा निर्माण गरिएको फूलको बगैंचाले अहिले मजुवा बजारको शोभा बढाएको छ।

शिक्षालयका प्रमुख त्रिभुवन चौधरीका अनुसार, कृषिलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले १० रोपनी जमिन भाडामा लिएर प्रयोगात्मक अभ्यास गरिँदै आएको छ। यसमा चार रोपनीमा फूल र बाँकी क्षेत्रमा तरकारी उत्पादन भइरहेको छ।

फूलको माग अत्यधिक रहेको जनाउँदै चौधरीले स्थानीय बजारसँगै बुटवल, पोखरा, नवलपरासी र चितवनसम्म आपूर्ति गरिँदै आएको जानकारी दिनुभयो। तर, शिक्षालयसँग आफ्नै सवारी साधन नभएकाले फूल पुर्याउन कठिनाइ भएको बताउनुभयो।

फूलको मूल्य नजिकका बजारमा प्रतिकिलो रु ३०० र टाढाका बजारमा रु ३५० तोकिएको छ। गत वर्ष मात्रै ४० हजार रुपैयाँभन्दा बढीको फूल बिक्री भएको थियो। उहाँका अनुसार, तिहारसम्म अधिकांश फूल बिक्री भइसक्ने अपेक्षा गरिएको छ।

शिक्षालयले विद्यार्थी, प्रशिक्षक तथा कर्मचारीहरूलाई तरकारी बजार मूल्यको ५० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ भने बाह्य बजारमा पनि २० प्रतिशत कम मूल्यमा बिक्री गरिरहेको छ।

शिक्षालयको फार्ममा काउली, बन्दागोभी, ब्रोकाउली, भाँटा, सिमी, रैथाने सिमी, डल्ले खुर्सानी, काक्रो र टमाटर जस्ता बाली लगाइएको छ। बीउ बीजनदेखि कृषि यन्त्रको व्यवस्था शिक्षालयले गर्ने गरेको छ भने, प्रशिक्षकले सहजीकरण र विद्यार्थीहरूले श्रम व्यवस्थापन गर्दै आएका छन्।

भौतिक पूर्वाधार विकासतर्फ पनि शिक्षालय सक्रिय रहेको छ। स्थानीयबासीले ४४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् भने भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र अब प्रक्रिया अगाडि बढिरहेको शिक्षालयले जनाएको छ।

हाल शिक्षालयमा गुल्मी, मुगु, बागलुङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अछाम र प्युठानलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन्। शिक्षालयमा हाल बाली विज्ञानपशु विज्ञान विषयका कार्यक्रम सञ्चालनमा छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...