राष्ट्रपतिद्वारा भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह

Published on

काठमाडौँ, कात्तिक १ — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्यहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा आयोजित छलफलमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले निर्वाचनमा राजनीतिक दलहरू, उम्मेदवार र आमनागरिक सबैमा विश्वास जगाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकायहरूले प्रभावकारी र निष्ठापूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभएको थियो।

हतियार फिर्ता र कैदीबन्दी नियन्त्रणमा लिन आग्रह

राष्ट्रपतिले भदौ २४ गते लुटिएका हतियार र फरार रहेका कैदीबन्दीलाई यथासिघ्र नियन्त्रणमा लिन पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।

सरकारको तयारीबारे प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले छलफलमा बोल्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण स्रोत र साधन उपलब्ध गराउने सुनिश्चितता पनि दिनुभयो।

सुरक्षा निकायको प्रतिबद्धता : ‘निर्वाचनका लागि पूर्ण तयार’

छलफलमा सहभागी सुरक्षा निकाय प्रमुखहरू — प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले मुलुकमा शान्तिपूर्ण र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उनीहरूले विगतमा पनि अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरिएको अनुभव सुनाउँदै, यसपटक पनि पूर्ण तयारीका साथ निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

छलफलमा प्रधानमन्त्री कार्कीका साथै सबै मन्त्रीहरू (अर्थमन्त्री बाहेक) र सुरक्षा निकायका शीर्ष अधिकारीहरूको उपस्थिति थियो।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...