देश असाधारण र जटिल अवस्थामा, पार्टीको भूमिका अझ बढेको : प्रचण्ड

Published on

काठमाडौं , कात्तिक २ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान अवस्था असाधारण र जटिल रहेको बताउँदै यस्तो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन्।

ललितपुर महानगरपालिका समितिको आयोजनामा महालक्ष्मीस्थानमा आयोजित नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो उल्लेख गरेका हुन्।

उहाँले गत भदौ २३ गतेको जेनजी आन्दोलनले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्धको आक्रोशलाई प्रस्तुत गरे पनि भदौ २४ गतेको घटनाले देशमा गलत प्रवृत्तिको खतरनाक विकास भैरहेको सन्देश दिएको बताए।

“राज्यविहीनताको स्थिति अन्त्य गर्न हामी सबैले भूमिका खेल्यौं,” प्रचण्डले भने, “यही सन्दर्भमा १० बुँदे मार्गदर्शन जारी गरिएको हो।”

पार्टी रुपान्तरणको आवश्यकता

प्रचण्डले जेनजी आन्दोलनका धेरै मागहरू माओवादीकै पनि माग भएको उल्लेख गर्दै, अहिलेको परिवर्तनशील अवस्थामा पार्टी पनि रुपान्तरण हुनुपर्ने धारणा राखे।

“क्रान्तिकारीहरूले मित्र र शत्रु छुट्याउन जान्नुपर्छ,” उनले भने, “जेनजी युवासँग संवाद भइरहेको छ, संविधान संशोधनमार्फत केही विषय सम्बोधन गर्नुपर्छ।”

सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जोड

प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषयमा युवालाई बुझाउनुपर्ने बताए।

“क्रान्तिकारीहरूले मात्र गल्ती स्वीकार गर्छन्,” भन्दै उनले भ्रष्टाचारविरुद्धको लडाइँमा पार्टी दृढ रहेको बताए।

महरालाई लक्षित षड्यन्त्रको आरोप

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध गलत सन्देश र षड्यन्त्र सुरु भएको आरोपसमेत प्रचण्डले लगाए। पार्टीको नेतृत्वमा को हुनुहुन्छ भन्ने निर्णय पत्रकारको हैन, पार्टी सदस्यको विषय भएको स्पष्ट गरे।

अन्य नेताहरूको भनाइ

कार्यक्रममा समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताको अधिकार प्रत्याभूत गर्ने संविधान बनाएको उल्लेख गर्दै, समाजवादी जनक्रान्तिको संस्थागत विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताइन्।

नेकपा (माओवादी केन्द्र) ललितपुर महानगर इन्चार्ज राजकाजी महर्जनले पार्टीलाई नयाँ कार्ययोजनासहित तल्लो तहसम्म क्रियाशील बनाउने बताउँदै, सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

ललितपुर महानगर समितिका अध्यक्ष रविन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गराउँदै लैजानुपर्नेमा जोड दिए।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...