पोर्चुगलमा रहेका नेपाली युवा बेपत्ता, खोजी जारी

Published on

काठमाडौं , वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु नगरपालिका–९ पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे करिब दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनी गत सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रमा सम्पर्कविहीन भएका छन्।

पाण्डेका साथी विदुर तामाङले जानकारी दिएअनुसार, गत आइतबार राति तामाङको घरमा आएपछि पाण्डे साथीको फोन लिएर गएको थियो र त्यसपछि सम्पर्क गुमाएको हो। सोमबार काममा उपस्थित नभएपछि खोजी सुरु गरिएको थियो। तामाङका अनुसार, पाण्डेले परिवारलाई केही दिन सम्पर्क नहुने भनेको जानकारी दिएको थियो, तर त्यसपछि कसैसँग सम्पर्क नभएको छ।

पाण्डेको खोजीका लागि पोर्चुगलमा स्थानीय प्रहरीलाई खबर गरिएको छ भने नेपालस्थित परिवारलाई पनि जानकारी गराइएको छ। बेपत्ता पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी लगायतका सबै सामान उनको बस्ने कोठामा फेला परेको छ।

पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए र दुई वर्षअघि क्रोएसियाबाट पोर्चुगल आएका थिए। पोर्चुगलस्थित नेपाली दूतावासले पनि उनको खोजीका लागि प्रहरी प्रशासनसँग समन्वय गर्दै सक्दो पहल गरिरहेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...