सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

Published on

काठमाडौं , सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरी अलपत्र पारिएका थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। सडक विभाग अन्तर्गतको विभिन्न सडक डिभिजन कार्यालयहरूले काम रोकिएका रुग्ण ठेक्काहरूलाई तोड्न सार्वजनिक सूचना जारी गरेका छन्।

जनकपुरमा २१, काठमाडौंमा ७, ओखलढुङ्गा र अछाममा ५÷५, पाल्पा र दमौलीमा ४÷४ तथा अन्य जिल्लाहरूमा ५० वटा ठेक्का तोड्ने तयारी भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अलपत्र परियोजनाहरूलाई छिटो टुंग्याउन र काम नगर्ने ठेकेदारहरू विरुद्ध कडा कदम चाल्न निर्देशन दिएका थिए। हालसम्म सडक विभागमा २५८ वटा ठेक्का रुग्ण अवस्थामा रहेको छ।

ठेक्का सम्झौताको म्याद थप भएपनि काम

सडक र पुल निर्माणका लागि सम्झौता गरी काम नगरी अलपत्र परेका ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। सडक विभागका विभिन्न डिभिजन कार्यालयहरूले रुग्ण अवस्थामा रहेका ती ठेक्काहरू तोड्न सार्वजनिक सूचना जारी गरेका हुन्।

जनकपुर डिभिजनमा २१, काठमाडौंमा ७, ओखलढुङ्गा र अछाममा ५÷५, पाल्पा र दमौलीमा ४÷४ र अन्य ठाउँमा समेत गरी कुल ५० ठेक्का तोड्न लागिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काम नगर्ने र आयोजना अलपत्र पार्ने ठेकेदारहरूमाथि कडा कदम चाल्न निर्देशन दिएका थिए। सडक विभागमा हाल २५८ ठेक्का रुग्ण अवस्थामा छन्।

ठेक्का समयावधि थप भएपनि काम नहुनु र निर्माण व्यवसायीहरूको अनुपस्थितिले ठेक्का उल्लंघन भएको भन्दै १५ दिनभित्र काम सुरु गर्न वा स्पष्टीकरण दिन सार्वजनिक आह्वान गरिएको छ। आवश्यक कार्य नभए ठेक्का तोडेर जमानत जफत गर्ने र बाँकी कामको खर्च ठेकेदारबाट असुल गर्ने प्रक्रिया अघि बढाइने छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...