काठमाडौं , कात्तिक २ — सप्तरीको विष्णुपुर गाउँपालिका–३, मुसहर्नियामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हरि मण्डलका ३५ वर्षीय छोरा तथा शिक्षक दिलिप मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार आफ्नै बारीमा सिंचाइका लागि पानी पट्याउने क्रममा उहाँलाई करेन्ट लागेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीका अनुसार घटनापछि मण्डलको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

