बक्यौता नतिरेपछि ठूला उद्योगहरूको लाइन काट्यो नेपाल विद्युत प्राधिकरण

Published on

काठमाडौं , नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरे पनि निर्धारित प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु गरेको छ।

मङ्गलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजत्रिवेणी स्पिनिङ मिल्सको विद्युत आपूर्ति बन्द गरेको हो।

प्राधिकरणका अनुसार यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल बाँकी राखेका छन्।

उनीहरूको बक्यौता यसप्रकार छ:

  • जगदम्बा स्टील: १ अर्ब ६० करोड
  • रिलायन्स स्पिनिङ: ७५ करोड ३७ लाख
  • शिवम् सिमेन्ट: ७७ करोड ८८ लाख
  • घोराही सिमेन्ट: ५० करोड ८५ लाख
  • अर्घाखाँची सिमेन्ट: ४४ करोड ८४ लाख
  • त्रिवेणी स्पिनिङ मिल्स: ३२ करोड १० लाख

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले रकम तिर्न सकून् भनेर काउन्टरको व्यवस्था गरिएको छ। उनले भने, “किस्तामा तिर्ने व्यवस्था पनि उपलब्ध छ, पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा लाइन पुनः जडान गरिनेछ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...