६० वर्षीया महिला लागुऔषधसहित रौतहटमा पक्राउ

Published on

काठमाडौं, कात्तिक ४
रौतहटमा ठूलो परिमाणमा लागुऔषधसहित एक वृद्ध महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ बजे गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ५ ख ५०६३ नम्बरको यात्रुबाहक बसलाई यमुनामाई गाउँपालिका–५ स्थित बमनहरमा चेकजाँच गर्ने क्रममा विकलाई शंका लागि खोजतलास गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो।

प्रहरीले विकको साथबाट फेनागन ४९८ थान, डाइजोपाम ४९१ थान, नूफिन ४०० थान र बुप्रेनोर्फिन १०० थान फेला पारेको जनाएको छ। कुल १,४८९ थान लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए।

विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...