पाल्पामा वृद्ध महिलाको कुटपिटबाट हत्या, श्रीमान् गम्भीर घाइते

Published on

काठमाडौं, कात्तिक ४
पाल्पाको माथागढी गाउँपालिका–४, देउगीरमा एक वृद्ध महिलाको कुटपिटबाट हत्या भएको छ। ६७ वर्षीया फूलमाया जिसीको गएराति कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय मिनबहादुर विश्वकर्माले राति करिब १२ बजेतिर जिसी दम्पतीमाथि कुटपिट गरेका थिए। घटनास्थलमै फूलमायाको ज्यान गएको सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

कुटपिटबाट फूलमायाका ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ।

घटनापछि भागेर आफ्नै घरमा लुकेका आरोपी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...