प्रधानमन्त्री कार्की सात दलसँग निर्वाचनबारे छलफल गर्न लागिन्

Published on

काठमाडौं, कात्तिक ४

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलसँग आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्न मङ्गलबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले सात दलका प्रतिनिधिसँग सम्वाद गर्न लाग्नुभएको हो, प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त ती सात दलबाट दुई–दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई छलफलमा सहभागी गराउने तयारी गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...