वडाध्यक्ष तिवारीले पाँच महिनाको तलब सामाजिक सेवामा खर्चिए

Published on

काठमाडौं, कात्तिक ४

पर्वतको फलेवास नगरपालिका–४, मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले जनप्रतिनिधिको रूपमा पाउने तलबभत्ता सामाजिक सेवामा खर्च गर्न थालेका छन्। मासिक रु २४ हजारभन्दा बढी पर्ने तलब पाँच महिनासम्मको जम्मा गरेर उहाँले स्थानीय महिला समूह र विपन्न माझी परिवारलाई सहयोग गर्नुभएको हो।

हालै मुडिकुवामा आयोजित एक कार्यक्रममा वडाध्यक्ष तिवारीले टोलस्तरमा रहेका आठवटा महिला समूहलाई जनही रु १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ। त्यस्तै, वडामा रहेका माझी समुदायका परिवारलाई चाडपर्वको अवसरमा चामल, दाललगायतका खाद्यान्न वितरण गरिएको हो।

उहाँले यसअघि पनि एक महिनाको तलब पत्रकार महासंघ पर्वतलाई ‘साउन्ड सिस्टम’ खरिद गर्न सहयोग स्वरूप प्रदान गर्नुभएको थियो। “जनताले अमूल्य मत दिएर प्रतिनिधि बनाएका छन्, त्यसैले म पाउने सुविधा उनीहरूकै हितमा प्रयोग गर्ने संकल्प लिएको छु,” वडाध्यक्ष तिवारीले बताउनुभयो।

उहाँले महिला समूहमा आपतकालीन कोष स्थापना गर्ने तथा अन्य सामाजिक प्रयोजनमा रकम उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। विकासको काममा सीमित स्रोत–साधनका कारण केही चुनौती भए पनि वडाको समग्र विकासका लागि सबैलाई एकजुट बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ।

वडाध्यक्ष तिवारी फलेवास नगरपालिकाका प्रवक्ता तथा नेपाली कांग्रेस पर्वतका सहसचिव समेत हुनुहुन्छ। आगामी दिनमा पनि जनताको माग र आवश्यकताको आधारमा सेवा वितरणलाई निरन्तरता दिने उहाँको भनाइ छ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सांसद ऋषिकेश तिवारीले फलेवास नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउन सबै दल र स्थानीयवासी मिलेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...