गुल्मीमा विपन्न दलित परिवारलाई सामाजिक सहयोगमा घर हस्तान्तरण

Published on

काठमाडौं, कात्तिक ४

गुल्मीको मुसिकोट नगरपालिका–५, आँपचौर हात्तिगौँडाका विपन्न दलित शिवलाल विक (झिल्के दाइ) लाई सामाजिक सहयोगमा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ।

स्थानीय युवाहरूको पहलमा सञ्चालन गरिएको “झिल्के दाइको घर निर्माण” अभियान अन्तर्गत करिब चार लाख रुपैयाँको लागतमा निर्मित उक्त घर शुक्रबार हस्तान्तरण गरिएको हो। घर निर्माणका लागि मुसिकोट नगरपालिकाले जस्तापाताको खर्च प्रदान गरेको थियो भने बाँकी लागत स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरूको सहयोगमा जुटाइएको थियो।

घर नहुँदा छिमेकीको शरणमा बस्दै आएका ६ सदस्यीय विक परिवार नयाँ घर पाएपछि खुसी व्यक्त गरेका छन्। सामाजिक अभियन्ताहरूको सहकार्यमा विकको परिवारको लागि आँपचौरको देउरालीमा उक्त घर निर्माण गरिएको हो।

आर्थिक सहयोग गर्ने व्यक्तिहरूमा बिमल खरेल, सुमन खरेल, रामु खरेल, जीवन खरेल, अर्जुन खरेल, राजु अर्याल, खगेश्वर अर्याल, लिलामणी खरेल, विजय खरेल र सविन घिमिरेलगायतको सक्रियता उल्लेखनीय रहेको छ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...