चुनावको वातावरण बने कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का

Published on

काठमाडौं, कात्तिक ४

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण तयार गरेमा पार्टी सहभागी हुने स्पष्ट गर्नुभएको छ।

मंगलबार सुर्खेतमा पूर्व सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै खड्काले भन्नुभयो, “चुनावका लागि आवश्यक पूर्वाधार र वातावरण तयार भएमा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टीका रूपमा सहभागिता जनाउन तयार छ। तर अहिलेसम्म सरकारले चुनाव गराउने किसिमको कुनै तयारी गरेको देखिँदैन।”

उहाँले सरकारप्रति प्रश्न उठाउँदै जनजी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्ने, प्रहरी तथा सुरक्षा निकायको मनोबल बढाउने, चुनावमा भाग लिने सबै दललाई विश्वासमा लिने र आम मतदातालाई सुरक्षा प्रत्याभूति दिने काम सरकारले गर्नुपर्ने बताउनुभयो।

खड्काले वर्तमान सरकार चुनावी तयारीभन्दा पनि विपक्षी दलका नेताहरूविरुद्ध पूर्वाग्रही ढंगमा आरोप लगाउने र भ्रम सिर्जना गर्नमै केन्द्रित रहेको आरोप पनि लगाउनुभयो। “हामी कानुनी प्रक्रिया अनुसार हुने छानबिनका लागि सधैं तयार छौं,” उहाँले भन्नुभयो, “तर सरकारकै जिम्मेवार व्यक्तिबाट अनावश्यक लाल्छना र भ्रम सिर्जना भइरहेको छ, जुन दुःखद हो।”

कार्यवाहक सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आसन्न चुनाव, पार्टी अधिवेशन र वर्तमान राजनीतिक परिस्थिति सम्बन्धी आधिकारिक निर्णय लिने पनि जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...