गोवर्धन पूजा भव्य रूपमा सम्पन्न, प्रकृति र कृषिप्रतिको कृतज्ञता व्यक्त

Published on

काठमाडौं, कात्तिक ५

यस वर्षको तिहारको चौथो दिन, गोवर्धन पूजा बुधबार देशभर धार्मिक आस्था, उत्साह र भव्यताका साथ मनाइएको छ। दीपावलीपछि मनाइने यस पर्वले विशेषगरी कृषिप्रधान समाजमा गहिरो महत्त्व राख्छ।

बिहानैदेखि गाईगोरु धुने, गोबर वा माटोबाट गोवर्धन पर्वत बनाउने, पूजा अर्चना गर्ने र गाई, गोरु तथा अन्नप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा अनुसार देशका विभिन्न ठाउँमा श्रद्धापूर्वक पूजा गरिएको छ।

धार्मिक विद्वान पण्डित बद्रीनारायण झाले भन्नुभयो, “गोवर्धन पूजा भगवान श्रीकृष्णद्वारा गोवर्धन पर्वत उठाएर गाउँलेहरूलाई वर्षाबाट जोगाएको घटनाको स्मरणमा गरिन्छ। यो केवल धार्मिक कर्म मात्र नभई, प्रकृति, पशुपालन र कृषि संस्कृतिप्रतिको आभार प्रकट गर्ने माध्यम हो।”

स्थानीय समाजसेवी देव नारायण यादवका अनुसार, “यो पर्वले समुदायमा एकता र सहयोगको भावना बलियो बनाउँछ। महिलाहरूले गोठमा गोबरको गोवर्धन बनाई पूजा गर्ने चलन आज पनि ग्रामीण क्षेत्रमा जीवित छ।”

कृषक तारणीप्रसाद साहले गोवर्धन पूजालाई कृषकहरूको जीवनसँग गाँसिएको पर्वका रूपमा व्याख्या गर्दै भन्नुभयो, “हामी किसानको लागि गोरु केवल जनावर होइन, हाम्रो खेत जोत्नेलाई पूजा गर्ने अवसर हो। आज हामीले गोरुलाई नुहाएर सिँगारेर पूजा ग¥यौं।”

यसै दिनलाई अन्नकूट पर्व पनि भनिन्छ। यस अवसरमा घर–घरमा विविध परिकार, अन्न र मिठाइ तयार पारेर वितरण गरिन्छ। भक्तजनहरू मन्दिरहरूमा दर्शन गर्दै परिवारको सुख, समृद्धि र शान्तिको कामना गर्छन्।

धार्मिक तथा सामाजिक जानकारहरूका अनुसार, गोवर्धन पूजा केवल धार्मिक अनुष्ठान नभई पर्यावरण संरक्षण, पशुप्रेम र कृषिप्रतिको सम्मान अभिव्यक्त गर्ने पर्व पनि हो। तर पछिल्लो समय गाईगोरु पालन गर्ने कृषकको कमी, संस्कार हस्तान्तरणमा आएको विच्छेद र नयाँ पुस्ताको चासो घट्दै जाँदा गाईवस्तु खेलाउने जस्ता परम्परागत अभ्यास हराउँदै गएका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...