कर्णाली नदीमा हाम फालेकी किशोरीको शव आठ दिनपछि अछाममा फेला

Published on

काठमाडौं, कात्तिक ५

कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी १५ वर्षीया किशोरीको शव आठ दिनपछि अछाममा फेला परेको छ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी सिर्जना बटालाको शव अछामको तुर्माखाँद गाउँपालिका–१ स्थित बुढाबालुवा भन्ने स्थानमा मंगलबार साँझ फेला परेको हो। शव फेला परेको स्थान रहफको तल्लो डुंगेश्वर नजिक पर्छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, शव कर्णाली नदीको किनारमा भेटिएको हो र घटनाको थप अनुसन्धान भइरहेको छ।

सिर्जना हाल सुर्खेतको वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन्। दसैँ बिदामा घर फर्किएकी उनी केही दिनअघि कर्णाली नदीमा हाम फालेकी थिइन् भन्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

सिर्जना खुलालु बजारका व्यापारी अनिपाल बटालाकी जेठी छोरी हुन्। मृत्युपछाडि कुनै आपराधिक संलग्नता रहेको छ वा मानसिक अवस्थासँग सम्बन्धित कारणहरू थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...