विद्यालयमै सयपत्री फूल खेती, तिहारमा आयआर्जन र व्यवहारिक ज्ञान

Published on

काठमाडौँ, कात्तिक ५

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारको अवसर पारेर विद्यालय परिसरमै उत्पादन गरिएको सयपत्री फूल बिक्री वितरण गरेको छ।

विद्यालयले खेर गइरहेको करिब दुई कट्ठा जमिनको सदुपयोग गर्दै शिक्षक र विद्यार्थीको सहकार्यमा गत वर्षदेखि फूलखेती सुरु गरेको हो। यसले विद्यालयलाई अतिरिक्त आम्दानीको स्रोत त बनेको छ नै, विद्यार्थीहरूलाई कृषि र उद्यमशीलताको व्यवहारिक ज्ञानसमेत दिएको विद्यालयका प्रधानाध्यापक शङ्कर चन्दले जानकारी दिनुभयो।

गत वर्ष करिब डेढ क्विन्टल फूल उत्पादन गरेर वितरण गरिएको भए पनि यस वर्ष बीउ राम्रो नभएका कारण उत्पादनमा केही कमी आएको छ। हालसम्म करिब ५० किलो फूल उत्पादन भइसकेको छ, जसको अधिकांश भाग शिक्षक, विद्यार्थी र अभिभावकले नै प्रयोग गरेका छन्।

तिहारको समयमा बजारमा फूलको अभाव भइरहेको बेला विद्यालयको फूलखेती स्थानीय उपभोक्ताका लागि वैकल्पिक स्रोत बनेको छ। उपभोक्ताहरू अझै पनि विद्यालयमै फूल खोज्न आइरहेका छन्। यो वर्ष फूल प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको छ।

नेपालगञ्ज–१९ का वडाध्यक्ष परसराम कुर्मीका अनुसार विद्यालयले खाली जमिनको सदुपयोग गर्दै विद्यार्थीलाई व्यवहारिक शिक्षासँगै आर्थिक सशक्तिकरणमा समेत प्रेरणा दिने काम गरेको छ, जुन अन्य विद्यालयका लागि पनि उदाहरणीय हुन सक्छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...