जुवातास खेलिरहेका पाँच जना पक्राउ

Published on

काठमाडौँ, कात्तिक ५

मकवानपुर प्रहरीले हेटौँडामा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–४ थाहा चोकस्थित पदम खाजा घर पछाडि रहेको टहरामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय पदमबहादुर भोलन, ३४ वर्षीय समीर योन्जन, ४० वर्षीय हिरा लामा तितुङ, ३० वर्षीय मिलन तामाङ४५ वर्षीय रोमप्रसाद चौलागाई रहेका छन्।

उनीहरूबाट नगद ४७ हजार ७९० रुपियाँ, १६ वटा कौडा, र ६ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

प्रहरीले जुवा सम्बन्धी कसुरमा उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...