चन्द्रनिगाहपुरमा सम्पन्न देउसी–भैलो कार्यक्रमले समुदायमा एकता र संस्कृतिको जगेर्ना

Published on

काठमाडौँ, कात्तिक ५

रौतहटको चन्द्रनिगाहपुरमा कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। २०७२ सालदेखि निरन्तर हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि भाइटिकाको अघिल्लो दिन बुधबार भव्य रूपमा सम्पन्न गरिएको हो।

नागरिक समाज चन्द्रपुरका अगुवा विमल भट्टराईका अनुसार यस्ता सांस्कृतिक गतिविधिले समुदायबीच एकता, सद्भाव र मौलिक पहिचान बलियो बनाउँछ। अर्का अगुवा महारत्न बिष्टले हराउँदै गएको परम्परागत संस्कृति पुनः जीवित राख्ने प्रयासस्वरूप कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।

कार्यक्रममा ढाका टोपी र गम्छा लगाएर युवा देखि वृद्धसम्मको सक्रिय सहभागिता रहेको थियो। नाचगान र देउसी भट्याउँदै सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष सहदेव केसीले पनि सहभागिता जनाउनुभएको थियो।

वडा अध्यक्ष केसीका अनुसार यो कार्यक्रम स्थानीय कला, संस्कृति संरक्षणसामुदायिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

यसले परम्परा र आधुनिकता बीच सन्तुलन कायम गर्दै चन्द्रनिगाहपुरको सांस्कृतिक चेतनालाई जीवन्त बनाइरहेको सहभागीहरूको धारणा रहेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...