बसन्तपुरमा नेपाल संवत् ११४६ धूमधामका साथ मनाइयो

Published on

काठमाडौँ । नेपाल संवत् ११४६ को अवसरमा बुधबार बसन्तपुरमा विविध कार्यक्रमसहित नयाँ वर्ष मनाइएको छ। नेवार समुदायले मौलिक सम्वत्का रुपमा मनाउने नेपाल संवत् सुरु भएको दिनको सम्मानमा र्‍याली, नाचगान र सांस्कृतिक प्रस्तुतिहरू गरिएको हो।

बसन्तपुरबाट सुरु भएको र्‍याली काठमाडौँका भित्री शहर परिक्रमा गर्दै सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न खलः पुच, संघ-संस्था र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।

नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.स. ८८०) मा गरिबको ऋणमोचन गरी गर्नुभएको मानिन्छ। यो सम्वत् लिच्छविकालीन राजा राघवदेवको शासनकालदेखि पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलाइएको थियो भन्ने दाबी डा. त्रिरत्न मानन्धरले गर्नुभएको छ। नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताको अभियान भने वि.सं. २००७ मा प्रजातन्त्रको स्थापनापछि सुरु भएको हो। नेपाल सम्वत् नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायतका क्षेत्रका नेवार समुदायले विशेष उत्सवका साथ मनाउने परम्परा रहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...