पाल्पाको बैकुण्ठे भीरमा जिप दुर्घटना : १२ जना घाइते

Published on

काठमाडौँ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–१३ स्थित बैकुण्ठे भीरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो। चालकसहित १४ जना सवार जिपका १२ जना घाइते भएका हुन् भने दुई जना सकुशल छन्।

घाइतेमध्ये बागलुङको बडिगाड गाउँपालिका–७ की २९ वर्षीया कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० की ४६ वर्षीया चन्द्रकुमारी रोकाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो। उनीहरूको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

अन्य घाइतेमा बडिगाड गाउँपालिका–७ का ३९ वर्षीय सवारी चालक चितमान गुरुङ, ४४ वर्षीय केशव गुरुङ, १८ वर्षीया सपना गुरुङ, ११ वर्षीय शिशिर विक, निसीखोला गाउँपालिका–१ का ७ वर्षीया सृष्टि विक र ४७ वर्षीय दिलबहादुर थापा रहेका छन्।

यस्तै पाल्पाको बगनाशकाली गाउँपालिका–८ का ३३ वर्षीय टिका न्यौपाने र १० वर्षीय रिदम न्यौपाने, नवलपरासी बर्दघाट–१० की २२ वर्षीया आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका–३ की २७ वर्षीया हुमा छन्त्याल घाइते भएका छन्। सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...