पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

Published on

काठमाडौं । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणकोे कारोबार भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन् । जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ । धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ । 

प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताउनुभयो । 

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूहरु गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयल जनाएको छ । आलुबाट गत आर्थिक वर्षमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख र अलैँचीबाट रु एक करोड ८१ लाख रकम भित्रिएको छ । कृषकलाई हरेक कार्यक्रमा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ । 

केन्द्रले गत वर्ष २०३ वटा मिनिपावरटिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० वटा हिलट्याङ्क र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने सङ्घ ससर्ततर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...