विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

Published on

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सोमलाल गोलेको ढुङ्गा माटो र ढुङ्गाको पाताले छाएको दुई तले कच्ची घरमा मङ्गलवार विद्युत सर्ट भएर आगलागी भएको हो। 

आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागी हुँदा नगद दुई लाख रुपियाँ, अन्नपात, सुन दुई तोला, चाँदी चार तोला, भाँडाकुँडा, लत्ता कपडा, खाट, टेबल, कुर्सी, टि.भि., मिटर बक्स, कागजातसहित तेह्र लाख बराबरको क्षति भएको छ। 

घर पूर्ण रूपमा जलेपछि सोमलालको परिवार आफ्नै भाइको घरमा गएर बसेका छन्। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी खानिखेत मकवानपुरले जनाएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...