निगुरो बेचेर मनग्ये आम्दानी

Published on

काठमाडौं । समान्यतया तरकारीमा प्रयोग हुने जंगली निगुरो वर्खामा बजारमा छरपष्ट पाइन्छ । बागलुङ बजारका तरकारी व्यवसायी शंकर रेग्मीले यस वर्ष निउरोको मात्रै रु.१७ लाख भन्दा बढीको कारोबार गर्नुभयो । रेग्मीले पाँच वर्षदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको निउरोको बागलुङ बजारमा बजारीकरण गर्दै आउनुभएको छ । उहाँले प्रतिमुठा रु. १० रुपियाँ नाफामा निउरोको होलसेल कारोबार गर्दै आउनुभएको छ ।

दोवाको सामुदायिक वनमा उत्पादन भएको निगुरो त्यहाँका महिला उद्यमीहरुको समन्वमा सोझै बागलुङ बजारमा आउने गरेको छ । त्यहाँका महिलाहरुले यस वर्ष निगुरो बिक्रीवापत रु. १५ लाख भन्दा बढी रकम दोवा भित्राउन सफल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निगुरो उहाँले म्याग्दी सदरमुकाम बेनी बजारबाट सोझै बागलुङ बजार आउने गरेको छ । रेग्मीले होलसेल मुल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निगुरो बिक्रि गर्दे आउनुभएको छ । अहिले बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा रु.८० देखि प्रतिमुठा रु. १०० मा बिक्रि हुँदै आएको छ ।

उपभोक्ताले प्रतिमुठा रु. ११० देखि १२० सम्म खरिद गर्ने गरेका छन् । “दोवाको निगुरो बागलुङ बजारमा राम्रो बजारीकरण भएको छ, यो वर्ष मात्रै १५ लाख भन्दा बढी रकम निगुरो खरिद वापात दोवाका महिलाहरुलाई भुक्तानी गरेको छु” रेग्मीले भन्नुभयो “मुस्ताङको स्याउ, दोवाको निउरो, सेराको केरा जस्ता अर्गानिक फलफुल तथा तरकारीको आफुले कारोबार गर्दै आएको छु ।” दोवाका स्थानीय सर्मिला पुर्जा, मायाकुमारी पुन लगायतका महिलाहरुले निगुरो संकलनगरी सिधै बागलुङ बजार पठाउने काम गर्दै आउनुभएको छ ।

साउनदेखि असोज सम्म पुर्जा सहितका महिलाको दैनिकी जंगलमा निगुरो संकलन र बजारीकरणमा वित्ने गरेको छ । स्वादिष्ट तरकारीको रुपमा परिचित लेकको जंगलमा उत्पादन भएको निगुरो बागलुङ बजारमा उच्च माग हुने गर्दछ । उहाँले अन्य महिलाहरुसंग निगुरो संकलन गरेर बजारसम्म पठाउने काम समेत गर्दै आउनुभएको छ । जंगलमा उत्पादन भएको अर्गानिक निगुरो उपभोक्ताको रोजाईमा परेपछि यहाँका शर्मिला पुर्जा सहितका महिलाहले आय आर्जनमा वृद्धि गर्न सफल भएका छन् ।

दोवाको निउरोलाई संकलन गरी बागलुङ बजार सम्म पुर्याउने काम गर्दै आएको सर्मिला पुर्जाले बताउनुभयो । पूर्जाको परिवार र अन्य स्थानीय महिलाहरुले निगुरो बिक्रि गरेर यस वर्ष रु.१५ लाख भन्दा बढी रकम भित्राएका छन् । गत वर्ष रु. १० लाख ५० हजार गाउँ भित्राएका महिलाहरुले अहिले चार लाख ५० हजार भन्दा बढी रकम भित्राउन सफल भएका छन् । चितवनबाट आएको निगुरो भन्दा म्याग्दी दोवाबाट आएको निउरोको बागलुङमा उच्च माग रहेको बताउनुभयो । लेकाली निगुरो स्वादिष्ट हुनेभएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च रहेको छ ।

निगुरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...