वृद्धसहित दुई पुरुष मृत भेटिए

Published on

 काठमाडौं । दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल –५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । 

तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताउनुभयो । 

यसैगरि दमक नगरपालिका –८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरागरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नवीन राईले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...