कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

Published on

काठमाडौं । कास्की कारागारबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्। गत भदौ २४ गते ‘जेलब्रेक’ आन्दोलनको क्रममा कारागारबाट भागेका स्याङ्जा पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका कैदी नेपालीलाई भीरकोट नगरपालिका–१ दार्सिङ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो।

उनी पक्राउ गर्न वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त विशेष अपरेसन टोलीले शुक्रबार सफल भएको हो। पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...