प्युठानमा इभी गाडी दुर्घटना, चालकको मृत्यु र तीन जना घाइते

Published on

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका–५ रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका–५ गोठीबाङका २७ वर्षीय निरज सापकोटा रहेका छन्। सापकोटाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा ऐरावती–१ सिर्सेनीका ३३ वर्षीय रेशम गुरुङ, ३२ वर्षीय शुदिप गुरुङ र २१ वर्षीय कविता गुरुङ रहेका छन्। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ऐरावती–१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार गाडी अनियन्त्रित भएकै कारण दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...