तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन

Published on

काठमाडौं । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा चार अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवमा राजस्व सङ्कलनमा सात करोड रुपियाँभन्दा बढि वृद्धि भएको बताउनुभयो ।

उहाँले जेनजी ओन्दोलनका कारण केही दिन नाका बन्द र राजस्व सङ्कलन प्रभावित नभएको भए अझै राजस्व सङ्कलन बढि देखिने थियो भन्नुभयो ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको सुरुका तीन महिनामध्ये साउनमा लक्ष्यको ७५ प्रतिशत, भदौमा ७० प्रतिशत र असोजमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधीको साउनमा ७३ प्रतिशत, भदौ र असोजमा ६६ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ३५ करोड १० लाख नौ हजार र असोजमा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा सबैभन्दा बढि योगदान आयाततर्फ चामल, मकै, चिनी  र फलामका विभिन्न बस्तुहरुको रहेको छ । यी वस्तुहरुको आयात चालु आवमा विगतभन्दा बढि र अत्यधिक मात्रामा भएको पाइएको छ । यसैगरी, निर्यातमा जडिबुटी र जडिबुटी जन्य विभिन्न वस्तुहरुको योगदान रहेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो ।

गत केही वर्षदेखि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुननसक्नुमा अवैध आयात निर्यात, चोरी, तस्करी मुख्य कारण रहेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाइ छ ।

नेपालगन्ज नाकाबाट आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, चामल र मकै लगायतका खाद्यान्न, माछा, एमएस ब्लेट तथा विद्युतीय सामग्री प्रमुख रहेका छन् ।

सोही प्रकारले खोटो, रोजिन, जडीबुटी, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...