फोर्स गाडी दुर्घटना, ९ जना घाइते

Published on

काठमाडौं । फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो । 

१५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो । 

पाणिनी गाँउपालिका –८ पाली बस्ने चालक २७ वर्षिय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी –१ बस्ने बर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ।  त्यस्तै, छत्रदेव –७ बस्ने बर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी –१ बस्ने बर्ष ६० कि रिमा भुसाल, मालारानी –१ बस्ने बर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल –१६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी –७ बस्ने बर्ष १८ कि पूजा पाण्डे, उहाँकी छोरी बर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव –५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते हुनुभएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...