नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण

Published on

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । 

प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेको हो ।  

सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार पोल्याण्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले आरोहण सफल गरेर फर्किएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले पछिल्लो समय नेपालका केही हिमाल आरोहणका लागि खुला गर्दा नुम्बुर हिमाल पनि खुला भएको थियो । यससँगै नुम्बुर हिमालमा पाइला टेक्ने पहिलो आरोहीको नाम इतिहासमा दर्ज भएको छ ।

हिमालको सफलतापूर्वक आरोहण गरेपछि वडाध्यक्ष छोङ्बा शेर्पा लगायत स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका छन् । नुम्बुर आरोहण सफल भएसँगै पर्यटनमा नयाँ ढोका खोलिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

यसअघि सन् १९६३ मा जापानी आरोहण दलका आरोहीहरूले आरोहणको प्रयास गरेको भए पनि उक्त प्रयास असफल भएको स्थानीय जानकारले बताएका छन् । यस्तै, दोस्रो पटक १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले समेत आरोहणको प्रयास गरेका थिए ।  उनीहरू पनि असफल भएका थिए । पछिल्लो पटक गएको दुई वटा आरोहण टोलीमध्ये एउटा टोलीले सफल आरोहण गरेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...