चीनको ताक्लाकोटबाट फर्किदै लिमीका युवायुवती

Published on

काठमाडौं । चीनको ताक्लाकोटबाट नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीका युवायुवती आफ्नो बस्तीमा फर्कन थालेका छन् । हिउँद लाग्न सुरु भएपछि रोजगारी र व्यापारकाका लागि चीनको ताक्लाकोट गएका युवायुवती यतिबेला गाउँ फर्किन थालेका हुन् ।

छ महिना ताक्लाकोटमा काम गर्नुभएका लिमीको हल्जी गाउँका स्थानीय कुनक्याप तामाङले यतिबेला गाउँमा फर्किएको बताउनुभयो । कमाई पनि गर्नु पर्ने र घर पनि हेर्नु पर्ने भएपछि गाउँमा फर्किएको बताउनुहुँदै उहाँले कमाई राम्रो भएको सुनाउनुभयो ।

घरका लागि करिब एक वर्षसम्म पुग्ने आवश्यक खाद्य सामग्री, लत्ताकपडा र अन्य सामान लिएर आएको उहाँको भनाइ छ । उहाँसहित घरबाट तीन जना ताक्लाकोटमा काम गर्नु जानु भएको थियो ।

त्यसैगरी, हल्जी गाउँकै लेण्ड्याप तामाङ पनि पाँच महिना ताक्लाकोटमा काम गरेर लिमी फर्किनु भएको छ । सधैँ ताक्लाकोट बसेर मात्र नहुने र गाउँमा रहेको घर पनि हेर्नुपर्ने बाध्यता लिमीका युवायुवतीलाई रहेको उहाँले बताउनुभयो ।

हुम्लावासीका लागि ताल्लाकोट रोजगारीको गन्तव्य रहेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । उहाँले हाल लिमीका अधिकांश युवयुवतीहरु फर्किसकेको बताउनुभयो । ताक्लाकोटमा छ महिना काम गरेर एक जनाले तीनदेखि चार लाख रुपियाँ कमाई गर्ने गरेको बताउदै उहाँले ताक्लाकोटमा लिमीका युवायुवतीले पहिलो प्राथमिकता पाउने गरेको बताउनुभयो ।

ताक्लाकोटमा लिमीका तीन वटै बस्तीहरु तील, हल्जी र जाङबाट जाने र हिउँदेयाम लाग्न सुरु भएपछि गाउँ फर्किने गर्छन् । सबैभन्दा बढि ताक्लाकोटमा काम गर्न जाने हल्जीबस्तीका युवायुवती रहेको र हाल दैनिक आठ दस जना फर्किने गरेका छन् ।

अन्य दुई गाउँबाट भने कमै कामका लागि ताक्लाकोट जाने गर्छन् । यो वर्ष लिमीबाट करिब ३५० जना युवायुवती व्यापार र कामका लगि ताक्लाकोट गएको र त्यसमा अधिकांश सडक अवरुद्ध नहुन्जेलसम्म फर्किसक्ने उहाँले बताउनुभयो ।गोरखापत्र  

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...