छठ पर्वमा सुरक्षा व्यवस्था कडा

Published on

काठमाडौं । झापामा छठ पर्वको तयारी तीव्र रुपमा भएको छ । भारतसँग सिमा जोडिएको झापाको भद्रपुर र मेचीनगरमा वर्षौदेखि नेपाल र भारतका नागरिकहरुले संयुक्त रुपमा छठ पर्व मनाउने गरेका छन् । एकआपसको सद्भाव र भाईचारा साटासाट गर्दै दुई देशका नागरिकले छठ मनाउने गरेकाले यसलाई महत्त्वका साथ हेरिनेगर्छ ।

दुई देशको सिमा खोला मेचीमा मात्र नभएर जिल्लाका अधिकांश खोलाहरुमा घाट निर्माण हुने गरेका छन् । दमकको रतुवा खोलामा पनि सयौँ घाटहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कन्काई, विरिङ, कमल, गेउरीया लगायतका खोलाहरुमा समेत घाट निर्माण गरेर सामूहिक पूजा अर्चना हुने गरेको छ ।

घाट निर्माण, बिजूलीबत्तिको व्यवस्थापन, खानेपानी, अस्थाई शौचालय निर्माणलगायतका काममा स्थानीय सरकारले सहयोग गर्ने गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपसनासहित मनाइने पर्वमा बेलुका र बिहानको राति खोला किनारमा धेरै भिड हुने भएकाले सुरक्षा चिन्ता भने बढेको बताइएको छ ।

भद्रपुरको मेची किनारमा पूर्वकै सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिति हुने भएकाले यहाँ स्थानीय प्रशासनले विशेष सुरक्षा अवलम्बन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहान बेलुका संयुक्त गस्ति गर्दै आएका छन् ।

दमक, बिर्तामोड, भद्रपुरलगायतका प्रमुख बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुद बनाइएको प्रहरीको भनाइ छ । सिमा क्षेत्रमा हुने चहलपहल र गतिविधिलाई दुबै देशका सुरक्षाकर्मीहरुले समन्वय गरेर निगरानी राख्दै आएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । भारतको विहारमा चुनावको समय भएकाले त्यहाँ सिमामा पनि कडाइ रहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...