प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री सिफारिस

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्। प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष ती मन्त्रीहरूको नियुक्तिका लागि नाम सिफारिस गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिफारिस अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्ता नियुक्त हुने भएका छन्।

नयाँ मन्त्रीहरूले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...