सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो

Published on

काठमाडौं । नेपालमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि कात्तिक ३ गते प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार, आइतबार सुन तोलामा ११ हजार ६ सय रुपैयाँले सस्तो भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब पाँच प्रतिशतले घटेको थियो। असोज ३ गते प्रतिऔंस ४,३५८ अमेरिकी डलरसम्म पुगेको सुन हाल ४,१११ डलरमा झरेको छ। (एक औंस बराबर २.४३ तोला हुन्छ।)

नेपालमा सार्वजनिक बिदाका कारण कात्तिक ४ गतेपछि मूल्य समायोजन हुन नसकेकाले यसको प्रभाव आइतबार मात्रै देखिएको महासंघले जनाएको छ। असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला २६५ रुपैयाँले घट्दै तीन हजार १५ रुपैयाँमा झरेको छ। तिहारअघि प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी असोज ३१ गते हालसम्मकै उच्च मूल्य तीन हजार ३५० रुपैयाँमा पुगेको थियो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...