ढोरपाटनमा जिप दुर्घटना, दुई जना घाइते

Published on

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ फल्लेघरमा आइतबार बिहान जिप दुर्घटना भएको छ। ढोरपाटन उपत्यका घुमेर फर्किँदै गरेको लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटनामा पर्दा दुई जना सामान्य घाइते भएका छन्। घाइतेहरूको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।

प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको छ। जिपमा राष्ट्रिय गुठि संस्थानका अध्यक्ष र नेपाल सरकारका दुई जना सहसचिवसहितको टोली रहेको स्थानीय बिरबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

घटनाबारे सूचना पाएसँगै उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। जिप सालझण्डी–ढोरपाटन सडक खण्डमा पल्टिएको बताइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...