सामाजिक एकताको प्रतीकका रुपमा गाईघाटमा छठपूजा गरिँदै

Published on

काठमाडौं । सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।    

त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताउनुभयो ।     

विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आएका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य र जल अर्पण गरी सुरु गरिने छठ पूजा हेर्न नदी किनारामा मुस्लिम समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहने गरेको छ । उदयपुरको गाईघाटमा छठपर्व कुनै एक जात जाती, भाषाभाषी, कुनै धर्म विशेषको मात्र नभई समग्र सामाजिक एकताको प्रतीकका रुपमा विकसित हुँदै गएको अध्यक्ष साह बताउनुहुन्छ ।

छठ पूजाका लागि त्रियुगा नगरपालिकाले गाईघाट बजार नजिक भएर बहने त्रियुगा नदीकोे किनारमा घाट निर्माणका लागि आवश्यक सहयोग जुटाएको र यो घाट सम्भवतः कोशी प्रदेशकै उत्कृष्ट स्थलका रुपमा रहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।

विष्णु पुराणमा उल्लेख भए अनुसार उदयपुरको त्रियुगा नदी धार्मिक महत्त्वको दृष्टिमा आफैँमा एक उत्कृष्ट नदी मानिन्छ । पश्चिमबाट पूर्वतर्फ सङ्लो सफा र प्रसस्त पानी बगिरहेको त्रियुगा नदी किनारमा गएर व्रत बस्न चाहनेले आफ्नाे घाट सुरक्षित गर्न पूजा आयोजक समितिलाई तोकिए अनुसारको रकम तिरेपछि मात्रै घाट उपलब्ध गराइएको समितिका सचिव ललित नायकले बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...