मोतियाबिन्दुका तीन हजार बिरामीको शल्यक्रिया

Published on

काठमाडौं । रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । क्लबले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधीमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो । यस्तै, २५ हजारभन्दा बढिले निःशुल्क रुपमा आँखा परीक्षण गरेको उहाँले बताउनुभयो । रोटरी क्लबले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएर सामाजिक काम गर्दै आएको बताउँदै उहाँले विषेश गरी ग्रामीण भेगका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले मोतियाबिन्दुका बारेमा अझै पनि सचेतना जगाउन खाँचो रहेको बताउनुभएको छ । वृद्ध हुँदै जाँदा आँखा धमिलो देखिनुलाई सामान्य अवस्था मानेर परीक्षण नगर्ने परिपाटी नेपाली समाजमा रहेको कारण मोतियाबिन्दुले आँखामा धेरै असर गर्ने गरिसकेपछि उपचारमा समेत समस्या हुने उहाँको भनाइ छ । शिविर सञ्चालन गर्दाको अनुभवमा ७० प्रतिशत महिलाहरूमा मोतियाबिन्दु देखिने गरेको पोख्रेलले बताउनुभयो । महिलाहरूले चुलोचौकोको कामभन्दा गर्नुपर्ने भएको हुँदा पनि धेरैजसो महिलाहरूमा यो समस्या हुने र महिलाहरू नै धेरै शिविरबाट लाभान्वित भएको उहाँको भनाइ छ ।

यसैबिच, रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । क्लबले यही कात्तिक ११ गतेदेखि तीन दिनसम्म जिल्लास्थित मध्यविन्दु प्रादेशिक अस्पताल परिसरमा मोतिया विन्दुको उपचारका लागि शल्यक्रिया शिविर गर्न लागेको क्लबका अध्यक्ष नारायण न्यौपानेले बताउनुभयो । क्लबले यस अघि विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । गैँडाकोटको दुई स्थान, मध्यविन्दुको एक स्थान, कावासोतीको पाँच स्थानमा गरिएको शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने गरी शिविर गर्न लागिएको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरबाट तीन सय जनाले शल्यक्रिया सेवा लिने उहाँले बताउनुभयो । शिविरमा कुनै पनि शुल्क नलाग्ने भन्दै मोतियाबिन्दुका कारण आँखाका ज्योति गुमाएकाले लाभ लिन सक्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष हरिहर अधिकारी, नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देललगायतको सहभागिता रहको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...