छठमा पनि पाएनन् भत्ता

Published on

 काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाका अधिकांश ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति प्रमुख चाड छठमा पनि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । सामाजिक सुरक्षा भत्ता निकालेर पर्व मनाउने तयारी गरेका लाभग्राही निराश बनेका छन् । बसबरिया गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन सकेको छैन । 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले तिहारअघि सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको थियो तर तिहारको लामो बिदाका कारण बैङ्क तथा वित्तीय संस्था नखुल्दा लाभग्राहीले सामाजिक सुरक्षा भत्ता निकाल्न पाएनन् । छ दिनपछि आइतबार बैङ्क तथा वित्तीय संस्था खुलेका थिए । 

नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले तिहार र छठको बिदाले गर्दा आइतबार एक दिन मात्र बैङ्क खुल्दा ज्येष्ठ नागरिकले दुःख पाएको बताउनुभयो । जनप्रतिनिधिको लापर्बाहीले सामाजिक सुरक्षा भत्ताको रकमसमेत बेलैमा निकासा गराउन नसक्दा ज्येष्ठ नागरिक, एकल महिलालगायत सबै लाभग्राहीको छठपर्व खल्लो भएको उहाँले बताउनुभयो । साहका अनुसार आज अधिकांश ज्येष्ठ नागरिकलगायत सबै लाभग्राही बैङ्कमा गएर दिनभर लाइनमा बसे पनि बैङ्कले सबैलाई भत्ता दिन नसकेपछि निराश हुँदै घर फर्किएका छन् । सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले गाउँपालिका कार्यालयबाट सामाजिक सुरक्षा भत्ता निकासाका लागि ढिलो गरी पत्र प्राप्त भएको जानकारी दिनुभयो । 

उहाँले गाउँपालिकाको बजेट गाउँ सभाबाट अनिवार्य पारित हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि सामाजिक सुरक्षा भत्ताको विषय गाउँ सभामा छलफल हुनु नपर्ने र बजेट बाँडफाँट जस्तो बाँड्नु नपर्ने भएकाले पालिकाले सिफारिस गर्नेबित्तिकै निकासा हुने बताउनुभयो । बसबरिया गाउँपालिका जनप्रतिनिधिबिचको किचलोमा फसेको छ । 

जनप्रतिनिधिबिच बाँडफाँटमा कुरा नमिल्दा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पारित हुन सकेको छैन । गाउँपालिका अध्यक्ष रामसिंहासन रायले बजेट पारित गराउन पटक पटक गाउँ सभा राख्ने, अनौपचारिक छलफल तथा पहल गर्ने गरिरहे पनि कुनै उपाय नलागेको गुनासो गर्नुभयो ।    गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...