सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच जना घाइते

Published on

काठमाडौं । राप्ती राजमार्गअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिका–६ शिवगुफा नजिक फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। दुर्घटना गएराति करिब १२ बजे भएको हो।

नेपालगञ्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भएर दुर्घटना हुँदा गाडीमा सवार १२ यात्रुमध्ये पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका–११ का ४० वर्षीय डिल्लीबहादुर खत्री, ५२ वर्षीय भिमबहादुर डाँगी, सानिभेरी–१ का ४८ वर्षीय वीरबहादुर खड्का, उनकी ४८ वर्षीया श्रीमती धनसरी खड्का, र सल्यान दार्मा गाउँपालिका–२ निवासी निमा केसीका दुई वर्षीय छोरा जनक देवकोटा रहेका छन्।

प्रहरीका अनुसार सबै घाइतेको श्रीनगरस्थित अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनापछि चालक रुकुम पश्चिम सानिभेरी–८ का २३ वर्षीय दिपक केसी र गाडीका कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...