मृगौला पीडित गायक निर्मोहीलाई आर्थिक सहयोग

Published on

काठमाडौं । दुबै मृगौला फेल भएर थला पर्नु भएका वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ। 

गायक निर्मोहीको उपचार सहयोगार्थ बास नेपालद्वारा नेपालगन्जमा कात्तिक चार गते आयोजना गरिएको सांस्कृतिक कार्यक्रममार्फत सङ्कलन भएको एक लाख ६ हजार २११ रुपियाँ र वरिष्ठ लोकगीत सर्जन, वाद्यवादन र रङ्गमञ्च त्रिरत्न प्रेमदेव गिरीले सुर्खेतबाट सङ्कलन गरेर ल्याएको ६५ हजार रुपियाँ आइतवार उहाँको निवासमानै पुगेर हस्तान्तरण गरिएको हो । 

सहयोग रकमको चेक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले निर्मोहीकी धर्मपत्नी हेरम देवी बिकेलाई हस्तान्तरण गर्नुभयो । 

चेक हस्तान्तरण पश्चात बोल्दै वरिष्ठ कलाकार निर्मोहीकी धर्मपत्नी बिकले बास नेपालले कार्यक्रम आयोजना गरी जुटाएको सहयोग पश्चात ठुलो आशा पलाएको बताउनुभयो । उहाँले सहयोग गर्ने र अगुवाइ गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो ।  

सो क्रममा बोल्दै वरिष्ठ कलाकार कमल बिके निर्मोही उपचार सहयोग समितिका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सबैलाई अभियानमा सहभागी भई बढी भन्दा बढी सहयोग गर्न अपिल गर्दै निर्मोहीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । सो अवसरमा बास नेपालका कार्यकारी निर्देशक एवम् वरिष्ठ कलाकार कमल बिके निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले कार्यक्रम र सङ्कलित रकमको बारेमा जानकारी गराउनुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग समितिका सदस्यहरू नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर, वरिष्ठ कलाकार सुन्दर गुरुङ, जितबहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाया लगायत कलाकारहरूको  सहभागिता रहेको थियो । 

सोही प्रकारले आइतबारनै लोकगीत सर्जन, वाद्यवादन र रङ्गमञ्च त्रिरत्न प्रेमदेव गिरीले सुर्खेतबाट नेपालगन्ज आएर निर्मोहीलाई ६५ हजार रुपियाँ सहयोग प्रदान गर्नुभयो । उहाँले देशका गहना कलाकारहरूलाई जोगाउन हरेक संभव प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैगरी कोहलपुर र बर्दियाका साहित्यकार तथा कलाकारहरूले पनि करिब ६० हजार रुपियाँ सङ्कलन गरेर निर्मोहीलाई हस्तान्तरण गरिसक्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...