तीन दिनसम्म हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

Published on

काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार सार्वजनिक गरेको विशेष मौसम बुलेटिनअनुसार देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली सक्रिय भएकाले देशका केही भागमा हिमपात र वर्षाको सम्भावना देखिएको हो।

यस प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते (बुधबार) बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि जनाएको छ।

पूर्वानुमानअनुसार सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...