हर्षोल्लासका साथ छठ पर्व सम्पन्न

Published on

काठमाडौं । सुनसरीको इनरुवासहितको विभिन्न स्थानमा हर्षोल्लासका साथ उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । शनिबार नुहाएर खाएपछि सुरु भएको आस्थाको पर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठपर्व सम्पन्न भएको हो । यस छठ पर्वको चौथो दिन मङ्गलबार बिहान इनरुवाका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका १ र ५ बलाहा नहर घाट, इनरुवा २ राजाजि घाट, ३ र ६ मधेश, इनरुवा ९ बबिया, १० जल्पापुर सहितको शंकरपुर शाखा नहर घाटसहितको २०० बढी स्थानका घाटमा दुई लाखभन्दा बढिले हर्षोल्लासका साथ छठपर्व सम्पन्न गरेका छन् ।

यहाँका दलित गैर दलित र हिन्दू सहितको गैर हिन्दूसहितको सहभागिता हर्षोल्लासका साथ छठपर्व सम्पन्न भएको स्थानीय पण्डित बलराम यादवले जानकारी दिनुभयो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक छठ मनाइएको यादवले जानकारी दिनुभयो । छठका अवसरमा वर्षे ताल, भुटाहा पोखरी, देशको सबैभन्दा ठुलो नदी सप्तकोशी, कोशी कटान, जमुवा, लौकही राजा पोखरीमा, सुनसरी मोरङ सिँचाइ योजना नहर, हरिपुर, शिसुवा, शंकरपुर, सितागञ्ज, रामगञ्ज शाखा नहर र विभिन्न जलासयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । सोमबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर मङ्गलबार बिहान उदाउँसो सूर्यलाई अरघ दिएर सम्पन्न गरेको हो ।

यसैबिच तराइको दलित समुदायको मरिकले समेत गैर दलित समुदायसँगै छठको घाट बनाएर हर्षोल्लासका साथ छठपर्व मनाएका इनरुवा २ का रन्जित मेहताले जानकारी दिनुभयो । कुनै भेदभाव र छुवाछुत विना हर्षोल्लासका साथ छठपर्व मनाएको इनरुवा २ का रामा मरिकले जानकारी दिनुभयो । मरिकले दशक अघिसम्म आफ्नो घर अगाडि एकलै छठपर्व मनाएको अनुभव सुनाउनु हुँदै अहिले सबै एउटा घाटमा सँगै हर्षोल्लासका साथ छठपर्व मनाएको खुशी समेत सुनाउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...