अपि सडक निर्माणमा ढिलाइ

Published on

काठमाडौं ।  अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरेर निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो । आर्थिक वर्ष २०७७/७८ देखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । सुर्खेतको बिएन्डपी निर्माण सेवाले बाटो खोल्ने जिम्मेवारी पाएकामा हालसम्म म्याद थप हुँदा पनि २० प्रतिशत मात्रै काम पूरा भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त प्रमुख इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । जम्मा तीन करोड ८६ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।

मकरीगाडदेखि २.५ किलोमिटर सडकखण्डको नयाँ बाटो खुलाउनुपर्ने छ । जसमा एक किलोमिटर सडकखण्ड कडा चट्टान छ । चट्टान भएको खण्डमा हाल निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर लीलाधर भट्टले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय पुस मसान्तसम्म ठेक्का म्याद थप गरिएको छ । “कडा चट्टान भएको क्षेत्र छिचोल्नेबित्तिकै सडक काट्न सहज छ,” भट्टले भन्नुभयो, ‘गाउँ पुग्नेबित्तिकै माटो फाल्ने काम, पर्खाल लगाउने काम सुरु हुन्छ ।” यो सडकले अपि हिमाल गाउँपालिका–१ देखि ४ का नागरिकलाई सहज हुने छ । स्थानीयको अवरोध नभएमा निरन्तर काम अघि बढ्ने निर्माण कम्पनीका प्रतिनिधि विष्णु केसी बताउनुहुन्छ । अपि हिमाल गाउँपालिका–३ का स्थानीय गोपी लोथ्याल सडक गाउँपालिका केन्द्रसम्म नपुग्दा स्थानीयले महँगीको मार खेप्नु परेको सुनाउनुहुन्छ ।

“अहिले मकरिगाडबाटै घुसा, खण्डेश्वरीसम्म सामान ढुवानीमा प्रतिकिलो १० रुपियाँ पर्छ,” उहाँले भन्नुभयो । अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले चालु आर्थिक वर्षभित्र गाउँपालिका केन्द्रसम्म सडक पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो वर्ष सडक विभागले तीन करोड र गाउँपालिकाले एक करोड बजेट विनियोजन गरिएको छ । सांसद विकास कोषबाट तीन करोड बजेट विनियोजन भएको थियो । सांसद विकास कोषको बजेट भने कटौती हुने सम्भावना छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...