माटोका भाडाको बिक्री बढेपछि कुम्हाल उत्साहित

Published on

काठमाडौं । तिहार र दिपावलीमा यस वर्ष नेपालगन्जमा माटोको दियो र अन्य भाडाको बिक्री विगतका वर्षमा भन्दा बढि भएको माटोको भाडा बनाउने कुम्हालहरुले जनाएका छन् । माटोको दियो र अन्य भाडाको बिक्री बढेकाले यस पटक तिहार र दिपावली अतिनै राम्रो भएको नेपालगन्ज ३ का कुम्हाल रमेश कुम्हालले बताउनुभयो । उहाँले यस पटक दियोको माग अत्यधिक रहेकाले पनि बिक्री धेरै भएको बताउनुभयो । उहाँले आधुनिकता र नयाँ नयाँ भाडाको चलनले माटोको भाडाको बिक्री घट्दै गएको बेला यस पटक निकै राम्रो बिक्री भएपछि पेशालाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।

सोही प्रकारले नेपालगन्ज १३ का दिनेश कुम्हालले पनि यस वर्ष माटोका दियो, भुर्कि र पालाको माग अत्यधिक रहेको जनाउँदै बिक्री विगतका वर्षहरुमा भन्दा राम्रो भएको बताउनुभयो । उहाँले धेरैले त घरमै आएर खरिद गरेको जनाउँदै त्रिभुवन चोकमा तीन दिनसम्म निकै राम्रो बिक्री भएको बताउनुभयो । गत तीन महिनादेखि बनाएका अधिकांश माटोका भाडाहरु यो तिहारमा बिक्री भएको दिनेशको भनाइ छ । तिहार र दिपावलीका लागि त्रिभुवन चोकमा फुटपाथमा माटोका भाडाहरु राख्नु भएका नेपालगन्ज ७ का जमिला बानुले यस पटक सोचे भन्दा बढी बिक्री भएको जनाउँदै दियो, पाला र भुर्किका लागि अन्तिमसम्म मानिसहरु आएको बताउनुभयो ।

तिहार र छठ जस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढि हुने गरेकाले कुम्हाल समुदायमा भाडा बनाउनेहरु दियो र भुर्कि बनाउन दुई महिना पहिलेदेखिनै निकै व्यस्त थिए । तिहारको बेला दियो सबैभन्दा बढि बिक्री हुने गरेकाले अधिकांशले दियो नै बढि बनाएका थिए । तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक हुने गरेको छ । नेपालगन्जको सदरलाईन, त्रिवेणी मोड र त्रिभुवन चोकमा यस पटक माटोका भाडाका धेरै पसलहरु राखिएका थिए । घरबाटै समेत कुम्हार समुदायले दियो र भुर्कि लगायत माटोका भाडा ठुलो सङ्ख्यामा बिक्री गरेका थिए ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...