बेपत्ता युवा २० दिनपछि मृत फेला

Published on

 काठमाडौं । गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देबघाट जङ्गलमा फेला परेका हुन् ।

प्रसिद्ध धार्मिक स्थल मनकामनाको केबुलकार हुँदै असोज २२ गतेबाट घरबाट सम्पर्कविहीन भएका थापा झण्डै २० दिनपछि देवघाटका स्थानीयहरुले जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका मृतक कालुराम थापाका आफन्त अशोक थापाले जानकारी दिनुभयो ।

प्रहरीले आफन्तलाई सम्पर्क गरेपछि मृतक थापाका आफन्तले कपडाबाट शव पहिचान गरी पोष्टमार्टमका लागि चितवनको सरकारी अस्पताल लगिएको आफन्त अशोक थापाको भनाइ छ ।

बेपत्ता भएको दिनदेखि परिवार र स्थानीयवासीले विभिन्न स्थानमा खोजीकार्य जारी राखी गोरखा र चितवनका प्रहरी कार्यालयमा उजुरी समेत दिइएको मृतकको आफन्त अशोक थापाले बताउनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...