स्वास्थ्य संस्थालगायत आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

Published on

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था हप्तौंदेखि बन्द हुँदा सर्वसाधारणले उपचार र सिटामोलसमेत खान नपाएको स्थानीय कमला लिम्बूले बताउनुभयो ।

स्वास्थ्य चौकीमा रगत दिसापिसाब जाँच्ने प्रयोगशाला र बर्थिङ सेन्टरमा २४ घण्टे अनमीको अभाव छ । यसैगरी, पालिकामा सूचना प्रविधि, पञ्जीकरण, रोजगार, राजस्व, फोहोरमैला व्यवस्थापनलगायतका काम सुचारू हुन सकेको छैन ।

उल्लेखित वडाहरूमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सरकारले सामुदायिक विद्यालयहरूका करार र ज्यालादारी, अस्थायी शिक्षक, कर्मचारी हटाएका कारण पठनपाठनमा समस्या हुँदा बालबालिकाको भविष्य अन्धकार हुने आशङ्काले अभिभावक चिन्तित छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...