झापामा रात्री बस दुर्घटना : १९ जना घाइते

Published on

काठमाडौं । झापाको मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएर दुर्घटना भएको हो ।

बसमा २५ यात्रु सवार रहेकोमा १९ जना घाइते भएका र उनिहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खड्काका अनुसार बस चालक ३९ वर्षीय राजु भुजेलसहित घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश रामेछाप मन्थली र झापाका रहेका छन् ।

सबै घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको खड्काले बताउनुभयो । दुर्घटनाको विषयमा विस्तृत अनुसन्धान कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...